न्यूज डेस्क | बैशाख १७, २०८१ सोमबार

धनुषा जिल्ला प्रहरी कार्यालयमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको छ । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएको जिप्रका धनुषाले जनाएको छ ।
विभिन्न निकायमा पेस भएको सिरोहियाको नागरिकता नम्बर फरक-फरक रहेको जाहेरीमा उल्लेख छ ।
प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जाहेरी आएको पुष्टि गर्दै आवश्यक प्रक्रिया थालिने बताएका छन् । नेपालप्रेस