न्यूज डेस्क | बैशाख १७, २०८१ सोमबार

रौतहटमा सोमबार साँझ आगलागी हुदा तिन घर जलेर नष्ट भएका छन्।


 जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं ५ बडहर्वा पुर्व नदी पारी ट्रान्सफर चौक नजिक रहेको स्थानीय सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएको हो ।



आगलागी हुदा घरमा रहेको मालसामान जलेर नष्ट भएको छ । खाद्यान्य सामाग्री सहीत घरायसी सरसमान लगायत लाखौ मूल्य बराबरको समान जलेर नष्ट भएको हो ।



एक्कासी सल्किएको आगोलाई स्थानीयहरुले नियंत्रणको प्रयास गरीरहेका छन । उक्त घटनाको थप जानकारीका आउन बाकी रहेको छ ।