न्यूज डेस्क | बैशाख १८, २०८१ मंगलबार

पर्सा वीरगञ्ज महानगरपालिकाको वाइपासमा रहेको नबिल बैंकको शाखाको भल्टबाट एक करोड भन्दा बढि रकम गायव भएको रहस्य खुलेको छ।
वाइपासमा रोडमा रहेको बैंकको शाखाबाट आईतवार राति भल्टबाट एक करोड भन्दा बढि रकम गायव भएको समाचार बाहिएपछि तरंग सृजना भएको थियो ।



श्रोतका अनुसार योजनाबद्ध तवरबाट भल्टबाट रकम गायव भएको बुझिएको छ । कटरले ताल्चा काटी भल्ट फोडेर रकम चोरी हुनुमा कर्मचारीहरु पनि शंकाको घेरामा आएको बताईएको छ । स्रोतका अनुसार भल्टमा भएको करिब ३ करोड भन्दा बढी रकम मध्ये एक करोड बढी चोरी भएको बाँकी रकम भल्टमै सुरक्षित रहेको समेत बुझिएको छ ।  
शाखा कार्यालय रहेको घरका घरबेटीको सामान पनि चोरी भएको छ । चोरीको प्रकृति हेर्दा योजना बनाएर रकम लुटिएको स्पष्ट रुपमा बुझिन सकिन्छ ति श्रोतले दाबी गरेका छन् ।
त्यस शाखामा विशेष कारणवश कारोबार हुन नसकेकोले भन्दै बैकले नजिकैको वीरगञ्ज शाखा र पावर हाउस शाखाबाट कारोबार गरिदिनुहुन अनुरोध गर्दै एक सुचना समेत निकालेको छ । शाखा कार्यालयको गेटमा  टाँसिएको एक सूचनामा ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा समेत याचना गरीएको छ   ।




घतलोग्दो के छ भने चोरी हुनु पूर्व बैंकको सिसिटिभी क्यामरा पनि बिग्रिएको बुझिाएको छ । बैंककै कर्मचारीको संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ ।  सिसिटिभी क्यामरा पनि चोरी हुनु पूर्व नै बिग्रिनु र भल्टको आधा पैसा चोरी हुनु र आधा नहुनु लगायतका कारणले कर्मचारीको संलग्नतालाई समेत पुष्टि गर्ने पर्याप्त सम्भावना रहेको समेत आशंका गरीएको छ ।
पर्साका प्रहरीका प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले उक्त घटनाको विषयमा गहन छानविन सुरु गरिएको  बताएका छन् ।