न्यूज डेस्क | बैशाख १९, २०८१ बुधबार

सर्लाहीमा  अत्यधिक गर्मी बढेनाका कारण स्कुल पढ्ने बिधार्थीहरुलाई पठनपाठनमा समस्या उत्पन्न भएपश्चात जिल्लाको हरिवन नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले बुधबार एक सूचना निकाल्दै केही दिनयता बढ्दो अत्यधिक गर्मीका कारण बाल बालिकाहरुको स्वास्थ्यमा पर्ने सक्ने प्रतिकूल असरहरुलाई मध्य नजर गर्दै १९ गतेदेखि २२ गते शनिबार सम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको शिक्षा शाखाका प्रमुख नगर शिक्षा अधिकारी रुस स्टालिन चौलागाईंद्धारा जारी सूचनामा अहिले संचालित परीक्षाहरु यथावत् रहने गरी  नगर भित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा शनिबारसम्म पठनपाठन बन्द गर्ने निर्णय भएको  नगर शिक्षा समितिले जनाएको छ ।