न्यूज डेस्क | बैशाख २६, २०८१ बुधबार

रौतहटमा सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएका ई–रिक्सा र टेम्पुहरूमाथि कारबाही गरिएको छ । मंगलबार  जिल्ला प्रहरी कार्यालय तथा गौर ट्राफिक कार्यालय रौतहटबाट खटिएको संयुक्त चेकिङ टोलीले चेकजाँचपछि उनीमाथि कारबाही गरेको हो ।



गौर एरियामा चल्ने ई-रिक्सा डाँफे तथा टेम्पुहरूमध्ये सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएका २३ वटा  ईरिक्सा डाँफे, टेम्पुहरू नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ को दफा १६४ अनुसार कारबाही गरिएको प्रहरीको भनाई छ । उनीहरूलाई यथाशीघ्र सवारी चालक अनुमति पत्रको आवेदन फारम भर्न लगाई छाडिएको छ ।



 लाइसेन्स बिनाका ई–रिक्सा तथा टेम्पुलाई क्षणिक रुपमा मात्र कारबाही भएको हो । जिल्लाका चन्द्रपुर,गरुडा र गौर लगायतका स्थानमा अधिकाशं तीन पांग्रे सवारी चालक अनुमति पत्र बिना नै चल्ने गरेका छन् ।