प्राइम खबर संबाददाता | बैशाख ३१, २०८१ सोमबार

आइतबार एच आर ६ सी ६२४८ नम्बरको सेतो स्कारपियोमा अवैध रुपमा तस्करीको काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटका सहायक वन अधिकृत अनिल कुमार महतोले जानकारी दिए ।


जंगलबाट काठ चोरीमा टायर गाडा, साइकल, ट्याक्टर पिकअप, भ्यान प्रयोग गर्दै आए पनि अहिले तस्करले नयाँ साधनको रुपमा स्कारपियो प्रयोग गरेको हो । पूर्व–पश्चिम राजमार्गको विभिन्न ठाउँमा प्रहरीको गस्ती हुँदा पनि काठ तस्करीमा न्यूनीकरण हुन सकेको छैन ।



वनकै कर्मचारीको मिलोमतोमा काठ तस्करी हुँदै आएको स्थानीयहरूको आरोप छ । स्कारपियो नियन्त्रणमा लिए पनि चालक भने सहज रुपमा भाग्न सफल भएको छ । नियन्त्रणमा लिएको काठसहितको स्कारपियो थप अनुसन्धानको लागि डिभिजन वन कार्यालयमा राखिएको छ।