न्यूज डेस्क | जेठ २, २०८१ बुधबार

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाले ५ वटा सहकारी सस्थालाइ सञ्चालन गरी शेयर धनिलाइ बचत फिर्ता गरी दुइ हप्ता भित्र प्रतिबेदन पेश गर्न निर्देशन दिएको छ ।


कार्यालय बन्द रहेको अवस्थामा सहकारीका शेयर सदस्यले बचत गरेको रकम , खरीद गरेको शेयर खरीदको रकम फिर्ता दिलाई दिन नगरपालिकामा शेयरधनिले सामूहिक निबेदन दिए पछि नगरपालिकाले कार्यवाही सहितको सो निर्देशन दिएको हो ।



नगरपालिकाले जनहित बहुउदेशीय सहकारी सस्था लिमिटेड चन्द्रपुर ४ , डाँफे साकोस चन्द्रपुर ४ , गणपति साकोस चन्द्रपुर ४ ,मेरो साकोस चन्द्रपुर ४ र हितैषी साकोस चन्द्रपुर ४ लाइ कार्यालय हाल सम्म बन्द राखिएको तथा सस्थाका संचालक समिति सदस्य ,कर्मचारी सम्पर्कविहीन रहेकोले सुचना सार्वजानिक भएको मितिले २ हप्ता भित्रमा सस्थाको अध्यक्ष र व्यवस्थापकले बार्षिक साधारण सभा प्रतिबेदन तथा कर चुकता प्रमाण पत्र सहित उपस्थित हुन आदेश समेत दिएको छ ।



प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी र सहकारी शाखा प्रमुख शेख बसरे आलमको संयुक्त हस्ताक्षर बाट जारी गरिएको पत्रमा आदेशको पालना नगरेमा सहकारी येन २०७४ को परिच्छेद १८ र १९ दफा १२२ (घ ) च ,ज ,ढ ,त, तथा चन्द्रपुर नगरपालिका सहकारी येन २०७९ परिच्छेद १८ दफा ८० ख , घ , द, तथा परिच्छेद १८ दफा ८३ को कसूर मानी सोही व्यवस्था अनुसार कार्यवाही गरिने चेतावनी समेत दिईएको छ ।

पाँच वटै सहकारी सस्थाले प्रतिबेदन नबुझाएको , कार्यालय बन्द राखेको र लेखा परिक्षण समेत नगरेको तथा शेयर धनिले रकम फिर्ता समेत नगरेकोले कार्यवाही गर्नको लागि शेयर धनिले निबेदन दिएको हुदा कार्यवाहीको लागि पत्राचार गरिएको चन्द्रपुर नगरपालिकाले जनाएको छ ।