न्यूज डेस्क | जेठ ७, २०८१ सोमबार

प्रमुख प्रतिपक्षि दलका साँसदहरुको अवरोधका बावजुद पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० ले विश्वासको मत प्राप्त गर्न सफल भएका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा १ सय ५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १ सय ५७ मत परेको थियो । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा एक मत परेको छ ।
संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितका विपक्षी दलहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सभामुखले बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । बरु वेल घेराउ गर्दै नाराबाजी गरे । उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।
त्यसपछि फेरी सुरु भएको बैठकमा पनि कांग्रेस सहितका विपक्षी दलहरुले नाराबाजीलाई जारी राखे । विरोधका बीच सभामुख घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई अनुमति दिए । विश्वासको मतको प्रस्तावमा समर्थन जनाउँदै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मात्र बोलेका थिए । यसरी नै प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिन सफल भएका हुन् ।