न्यूज डेस्क | असार १, २०८१ शुक्रबार

बारामा अज्ञात समूहको गोली प्रहारबाट  क्याम्पस प्रमुखको हत्या भएको छ ।


जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नं. ३ मा अज्ञात समूहद्वारा गोली प्रहार गरी रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरिभूषण कुशवाहको मृत्यु भएको हो ।



शुक्रबार साँझ करिब साढे ५ बजे कुशवाहमाथि अज्ञात समूहले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट आदर्श कोतवाल गाउँपालिका २, खजुरियाका कुशवाह सख्त घाइते भएका उनको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन्  ।



न्यौपानेका अनुसार घटनाबारे थप अनुसन्धान भईरहेको बताएका छन् । उनका अनुसार  घटनाको अनुसन्धानकै क्रममा रहेको हुँदा अनुसन्धानपछि विस्तृत विवरण आउने समेत उनले बताए ।