न्यूज डेस्क | असार ६, २०८१ बुधबार

रौतहट । कटहरीया नगरपालिकाको १० औ नगरसभाको खुल्ला सत्र बुधबार सम्पन्न भएको छ । नगरलाई विकासको मार्गमा डोरयाउन विभिन्न आकर्षक किसिमका योजनाहरुको ल्याएकाे कुरा नगरसभा मार्फत जानकारी गरिएको थियो। आगामी आर्थिक वर्षको लागि  जिल्ला मै पहिले नगरसभा गर्ने पालिकाका रूपमा कटहरियाले नाम कमाएको छ। 


१० औं नगरसभा कटहरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले निति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । नगर सभालाई सम्बोधन गर्दै नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले आफु निर्वाचित भई आए देखि नै जनतामुखि कार्यहरु योजनाबद्ध रुपमा गर्दै आई रहेको र हरेक पटक जनतालाई प्रत्यक्ष फाईदा पुग्ने निति तथा कार्यक्रमहरु सभामा समावेश गर्ने गरेको बताए।



आफ्नो नगर क्षेत्रमा खेति पेशामा आबद्ध रहेका जनताहरुको संख्या उल्लेख्य रुपमा रहेकोले पनि यो नगरसभा किसानहरुको लागी विशेष हुने नगर प्रमुख जयसवालले बताएका छन् । त्यस्तै तल्लो तहमा रहेका वर्गलाई समेट्ने गरी स्वास्थ्यको क्षेत्रमा कार्यक्रमहरु ल्याईएको नगरप्रमुख जयसवालले बताए ।



कटहरीया नगरको शिक्षाको क्षेत्रमा सुधारको अभियान समेत थालनी गरीएको र नगरका विधालयहरु प्रविधि मैत्री बनाईने नगरप्रमुखले बताए । १० औं नगर सभाबाट कटहरीया नगरपालिकाले नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान चालु, पूँजिगत, राजस्व बाँडफँड, संघीय सरकार समपुरक, वित्तिय समानिकरण (प्रदेश सरकार), विशेष अनुदान (प्रदेश सरकार), आन्तरिक राजस्व गरि जम्मा ४६ करोड ६२ लाख ५४ हजार रुपैयाको बजेट ल्याएको हो ।

कार्यालयका प्रशासकिय प्रमुख सुरेन्द्र प्रधानले बजेट प्रस्तुत गर्दे निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिकपूर्वधार, कृषी, पशुपक्षी, खानेपानी तथा सरसफाई, उधोग, वाणिज्य तथा वित्तिय लगाएका क्षेत्रलाई विशेष प्रथमिकता दिईएको समेत उनले जानकारी गराएका छन्।