न्यूज डेस्क | असार ८, २०८१ शुक्रबार

प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल जन ज्योति बहुमुखी क्याम्पस रौतहट जिल्ला कै सर्वोत्कृष्ट शैक्षिक संस्थाको रूपले परिचित हुँदै आएको छ । जिल्लाको चन्द्रनिगाहपुरमा रहेको यो शैक्षिक संस्थामा व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायमा अध्यापन गराइन्छ । विद्यार्थीलाई अधिकतम समय अध्यापनमा केन्द्रित गराउने जन ज्योति कलेजले अन्तरक्रियात्मक शैलीमा पठनपाठन गराउँछ । कलेजले विद्यार्थीको बौद्धिक स्तर उकास्न उनीहरूसँग साक्षात्कार र अन्तरक्रिया समेत गर्दै आएको छ । विगतमा एउटै छानामुनि कक्षा १ देखी स्नातक तह सम्म पढाई हुने यस क्याम्पसको हाल अलग्गै तीन वटा भवन भए पश्चात क्याम्पसको भौतिक र शैक्षिक विकाशमा फडको नै मारेको छ । क्याम्पसमा दक्ष तथा अनुभवी प्राध्यापकहरू रहेका कारण पनि विद्यार्थीहरुको रोजाइको क्याम्पस बन्न पुगेको सोही क्याम्पसका स्नातक तहमा अध्ययनरत विद्यार्थी संदीप मैनाली बताउँछन् । यहाँका विद्यार्थीहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याती कमाएका छन् । यहाँ स्नातक र स्नाकोतरमा हुने पढाई पनि गुणस्तरीय रहेको विद्यार्थीहरू स्वयं बताउँछन् । निजी विद्यालयको विद्यार्थीहरु समेत यतै आकर्षित देखिने गरेको पाइन्छ । स्नातक देखी स्नातकोत्तर सम्म अध्यापन गराउने उत्कृष्ट शैक्षिक संस्थाको रूपमा परिचित हुन सफल जन ज्योति बहुमुखी कलेज अनुशासित वातावरण, गुणस्तरीय पठन विधिका कारण पनि अब्बल भएको हो ।


उत्कृष्ट शैक्षिक नतिजाका निम्ति अहोरात्र मेहनत गर्ने यो संस्थाको भौतिक संरचना र खेल मैदान, जर्मन प्रविधिमा आधारित स्वच्छ खानेपानी, छात्रा मैत्री सुविधा र पार्किंग समेत पर्याप्त रहेको छ । पूर्वका पहाडी जिल्लाबाट अध्ययनका लागि मधेस झर्ने विद्यार्थीको समेत पहिलो गन्तव्य पनि रौतहटको जन ज्योति कलेज नै बनेको छ । यहाँ स्नातकोत्तर तह सम्म पढाई हुने क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दो छ । धेरै विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्न सफल यस कलेजले पछिल्लो समय निकै राम्रो सफलता समेत हात पारेको छ ।



 कलेजले पछिल्लो समय पढाइमा निरन्तरता, अनावश्यक बिदामा कमी, उच्चस्तरको फ्याकल्टी, आधुनिक प्रयोगशाला, आन्तरिक परीक्षा जस्ता कुरामा विशेष ध्यान दिने गरेको छ । नेपाली र अङ्ग्रेजी दुवै मध्यमममा पढाई हुने यसले अतिरिक्त क्रियाकलाप र काउन्सिलिङमा समेत उत्तिकै ध्यान दिँदै आएको कलेजले बेला बेला आन्तरिक परीक्षा लिने गरेको छ । अत्याधुनिक शिक्षण पद्धति, कुशल व्यवस्थापकीय टिम तथा दक्ष प्रध्यापकहरु यस कलेजका विशेषता हुन् । उच्च भौतिक पूर्वाधार, आधुनिक शिक्षण प्रणाली, सहरी कोलाहल बाट दूर, शान्त वातावरण, ई- लाईब्रेरी र लाइब्रेरी लाई यो कलेजका आकर्षण को रूपमा लिन सकिन्छ ।



दक्षिणमा गौर देखि छिमेकी जिल्ला सर्लाही र बारा सँगै अन्य जिल्लाको विद्यार्थीहरू समेत सुलभ शुल्कमा अध्ययन गर्न यही आउने गरेका छन् । जन ज्योति बहुमुखी क्याम्पस राष्ट्रका लागि जिम्मेवार नागरिक उत्पादन गर्न कटिबद्ध रहेको क्याम्पस सञ्चालक समिति अध्यक्ष सञ्जय कार्की बताउँछन् ।

२०५८ सालमा स्थापित यस क्याम्पसले त्यसयता निरन्तर सफल परिणाम ल्याएर आफूलाई अब्बल साबित गर्दै आएको छ । अध्ययनमैत्री वातावरण बनाउन सफल यो संस्थाले प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकता अनुसार बाह्रै महिना अतिरिक्त कक्षा, प्रोजेक्ट वर्क लगायतका गतिविधि गर्दै आएको क्याम्पस प्रमुख राजन श्रेष्ठ बताउँछन् । क्याम्पस प्रमुखको रूपमा श्रेष्ठले जिम्मेवारी पाएसँगै क्याम्पसको आर्थिक,भौतिक र शैक्षिक स्तर ह्वात्तै बढेको विगतको तथ्यलाई लिन सकिन्छ । केही दशक अघि सोही क्याम्पसका विद्यार्थी समेत रहेका श्रेष्ठ हाल सोही क्याम्पसको प्रमुख छन् । उनी शिक्षक र हरेक विद्यार्थी माझ लोकप्रिय समेत बन्दै गएका छन् । केही वर्ष अघि आर्थिक संकटमा रहेको उक्त क्याम्पसले श्रेष्ठलाई प्रमुखको जिम्मेवारीमा पाएसँगै क्याम्पसले आर्थिक संकटले भोग्नु परेको छैन। फलस्वरूप प्राध्यापक कर्मचारीहरुको तलब समेत समयमै वितरण गर्दै आएको हो।

मोफसलमा रहेर पनि उच्चस्तरको शिक्षा प्रदान गरेको कलेजको भनाई छ । जिल्लाकै एकमात्र स्ववियु स्थापना रहेको उक्त कलेजले उत्कृष्ट नतिजा ल्याउने, गरिब तथा जेहेन्दार विद्यार्थीको लागि विशेष छात्रवृत्तिको व्यवस्था गरेको छ । विद्यार्थीलाई नियमित अध्ययन बाहेक अतिरिक्त क्रियाकलापमा समेत सक्रिय गराउन कलेजमा रहेको स्ववियुले उत्तिकै भूमिका खेल्ने गरेको छ । विद्यार्थी र क्याम्पस प्रशासन सँग जोड्ने पुलको काम गर्दै आएको स्ववियुको पहलमा विभिन्न भौतिक निर्माणका कार्यहरू गराउन विभिन्न निकायहरुसँग समन्वय गरी क्याम्पसमा योजनाहरू समेत परेका छन् ।

उत्कृष्ट नतिजा ल्याउन सफल यस कलेजमा ब्याचलरतर्फ, बिबिएस, बिए, वि एड पढाई भइरहेको छ भने एलएलबी,बिएसडब्ल्यु, विआइसिटीइको समेत थप फ्याकल्टी गर्न क्याम्पसले पहलकदमी गरिरहेको छ । क्याम्पसले दुई सिफ्टमा स्नातकोत्तर तहमा एमबीएस र एमएको कोर्स पनि सञ्चालन गरीरहेको छ । समुदायमा आधारित सामुदायीक क्याम्पस रहेको हुँदा यहाँ समय समयमा क्याम्पस सभा र सरोकारवाला सँग अन्तर्क्रिया समेत गर्दै आएको छ। पछिल्लो समय व्यवस्थान समितिको नेतृत्वमा सञ्जय कार्की निर्वाचित भएर आएसँगै क्याम्पसको प्रगतिले मूर्त रूप लिएको देख्न सकिन्छ । कार्की नेतृत्वको व्यवस्थापन समितिमा हरेक क्षेत्रमा छुट्टै पहिचान बनाएका सक्षम व्यक्तिहरू चुनिएर आएसँगै सिंगो समिति क्याम्पसको समग्र शैक्षिक विकाशमा क्रियाशील भएर लागिपरेको देखिन्छ ।