न्यूज डेस्क | असार ८, २०८१ शुक्रबार

रौतहट जिल्लाको उत्तरी भेगमा अवस्थित चन्द्रपुर नगरपालिकाको १३ औ नगर सभा शुक्रबार सम्पन्न भएको छ । नगर सभाका प्रमुख अतिथि तथा रौतहट क्षेत्र नं. ४ का संघिय सांसद देब प्रसाद तिमलसिना (देवी)ले बिकाशको काममा सबै मिलेर अघि बढनुपर्ने बताएका छन । जनताको समस्याको बारेमा तिनै तहका जनप्रतिनिधि एकमत भएर अगाडी बढनुपर्ने संसद तिमलसिनाको कथन रहेको छ ।


 यसैगरी कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेश सरकारका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समिर)ले यस क्षेत्रको बिकाशको लागी प्रतिबद्ध भएर अगाडी बढने बताएका छन । रौतहट क्षेत्र नं. ४ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित मन्त्री भट्टराईले चन्द्रपुर नगर क्षेत्रको बिकाशको लागी तिनै तहको सरकार एकमत हुनुपर्ने बताए । यस क्षेत्रको बिकाशका लागी एकमतम भएर अगाडी बढने र भरपुर सहयोग गर्ने समेत मन्त्री भट्टराईको भनाइ रहेको थियो ।



यसैगरी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले आगामी बजेटमा जनताकाका योजना मात्रै समेटेर ल्याएका बताएका छन । जहा जनताका समस्या छन त्यहा नगरपालिकाले बिकाशको योजना पुराउने नगर प्रमुख काफ्लेले बताए । संघिय सरकार र प्रदेश सरकारको समन्वयमा पनि बिकाशका कामहरु भइरहको र आउदा दिनहरुमा पनि अझ शसक्त भएर सहकार्य गरेर अगाडी बढने नगर प्रमुख काफ्लेले बताए ।



नगर सभाले आर्थिक बर्ष २०८१/०८२ को. लागी १ अर्व ८ करोड १० लाख ४१ ह्जार रुपैया रकम बिनियोजन गरेको नगर उप प्रमुख जयमाला चौधरीले जानकारी दिएकी छिन । नगर प्रमुख संजय कुमार काफ्लेको अध्यक्षतामा सम्पन्न नगर सभामा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारी,वाड नं. १ देखी १० सम्मका १० जना वडाअध्यक्ष ,कार्यपालिका सदस्यहरु,नगर सभा सदस्यहरु,कर्मचारी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

नगरसभामा नगर प्रमुख काफ्लेले लिएको विकासको मोडालिटीको कार्यक्रममा सहभागीले  मुक्तकण्ठले प्रशंसा समेत गरेका थिए । उक्त नगरसभाको कार्यक्रममको प्रत्यक्ष प्रसारण समेत गरिएको थियो।