न्यूज डेस्क | असार १६, २०८१ शनिबार

नेपाल किसान महासंघ केन्द्रीय समितिद्वारा आयोजित धान दिवस एवम् धान रोपाइँ महोत्सव विविध कार्यक्रम गरी सम्पन्न भएको छ।


रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित बागमतीमा एक कार्यक्रमको आयोजना गर्दै महासंघले धान दिवस एवम् धान रोपाइँ महोत्सव मनाईएको हो। मानो रोपेर मुरी फलाउने दिनको रूपमा मनाउँदै आएको असार १५ लागि पछिल्लो समय धान दिवसको रूपमा मनाउन थालिएको हो। यस दिनमा दही चिउरा खाने प्रचलन समेत रहिआएको छ ।



नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय समिति सदस्य अब्दुल सतारको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा वक्ताहरुले कृषिमा निर्भर नेपाली जनताको जीवस्तर उकास्न तिनै तहको सरकारले उचित नीति निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।



नेपाल किसान महासंघ रौतहटका जिल्ला अध्यक्ष कमल बहादुर राउतको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस र सुबेक्छुक संस्थाका प्रतिनिधिहरुले किसान आन्दोलन र कृषिमा आधुनिकिकरण भित्राउन पर्नेमा जोड दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाली कांग्रेसका नेता मिथिलेश मिश्राले नेपाल कृषिप्रधान देश भएर पनि कृषिमा आत्मनिर्भर बन्न नसकेको प्रति चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सतार सहितका अन्य अथिती लगायतले धन रोपेर आपसमा हिलो खेलेर रमाइलो गर्दै धान दिवस मनाएका हुन्। कर्यक्रममा विशिष्ट अथितिको रूपमा रहेका नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेश चन्द्र तिमल्सिनाले किसानले उत्पादन गरेका वस्तुले बजार नपाउनु र उचित मूल्य नपाउँदा भोग्नु परेको पीडाको अनुभव सुनाएका थिए ।

नेपाली कांग्रेसका जिल्ला समिति सदस्य श्यामहरी चौलागाईद्वारा संचालित उक्त कार्यक्रमको विशिष्ट अथिथीहरु किसान महासंघका केन्द्रीय अध्यक्ष गणेश चन्द्र तिमल्सिना, नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति जितेन्द्र यादव,जिल्ला समन्वय समितिका सभापति राम अयोध्या यादव, पूर्व विधायक धनलाल ठोकर, नेपाली कांग्रेस महासमिति सदस्य नवराज देवकोटा, मधेश प्रदेश सदस्य सूर्य बहादुर थापा, चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जय माला कुमारी चौधरी,वडा अध्यक्ष बलराम राउत लगायत नेपाली कांग्रेसका विभिन्न तह र तप्कामा रहेका नेता एवम् कार्यकर्ताहरुको उपस्थिति रहेको नेपाली कांग्रेसका युवा नेता एवं महाधिवेसन प्रतिनिधि सुबाश कोइरालाले बताए।