प्राइम खबर संबाददाता | साउन १४, २०७९ शनिबार

ट्याक्टरबाट खसेर सर्लाहीमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चक्रघट्टा गाउँपालिका वडा नम्बर ६ स्थित गोहियाही बस्ने १९ वर्षीय निखिल चौधरी रहेका छन् ।
शुक्रबार दिउँसो साँढे ३ बजेतिर बागमती नगरपालिका–४, जिरायतमा शुक्रबार दिउँसो बोलबमका तिर्थयात्री बोकेर आउँदै गरेको नम्वर नुखलेको ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा सवार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरको टेलरबाट अगाडिको भाग इन्जिनमा जोडिएको स्थानबाट लडी  गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सरस्वती अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि ट्याक्टर चालक ट्याक्टरसहित फरार रहेकोले खोजीकार्य भइरहेको  प्रहरीले जनाएको छ । पछिल्लो समय तराई मधेशका बिभिन्न जिल्लाहरुमा बोलबम तिर्थ यात्राको नाममा ट्याक्टरमा असुुक्षित रुपमा यात्रा गर्ने क्रम बढ्दो भएकाले नियमनकारी निकायले समेत त्यसतर्फ ध्यान पुर्याउन नसकेको आरोप लाग्दैआएको छ ।