प्राइम खबर संबाददाता | फागुन २१, २०७९ आइतबार

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति नजिकैसंगै विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले आफ्नो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

यसैबीच रौतहटको एक मात्र स्वबियु निर्वाचन हुने क्याम्पस जन ज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा आईतबार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको एकाई सभापति भीमराज अधिकारीले बताए । संघले विद्यार्थीहरु माझ शुभकामना आदान प्रदान गरेर कार्यक्रम सम्पन्न गरेको हो। 



सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भातृ संस्था अखिल क्रान्तिकारीले पनि क्याम्पसमा विविध सांगीतिक कार्यक्रम गर्दै होली मिलन कार्यक्रम सम्पन्न गरेको बताएको छ। क्रान्तिकारीका विद्यार्थी नेताहरूको उपस्थितिमा होली मिलन कार्यक्रम सम्पन्न गरिएको विद्यार्थी नेता चेत बोलखेले बताए । 

चुनावी अभियानमा सक्रिय रूपले होमिएको नेविसंघले विद्यार्थी केन्द्रित गतिविधिहरु निरन्तर जारी राख्ने बताएको छ।