प्राइम खबर संबाददाता | चैत १, २०७९ बुधबार

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको राजदेवी नगरपालिकाका एक किसान खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर मृत्यु भएका हुन् । मृत्यु हुनेमा राजदेवी ७ मुडवलवा निवासी ४० वर्षीय श्याम यादव रहेका छन्। उनको करेन्ट लागेर बुधबार साँझ  मृत्यु भएको बताइएको छ । आफ्नै उखु खेतमा बिधुतीय लाईनबाट चल्ने मोटरबाट  पानी पटाउदै गर्दा करेन्ट लागि मृत्यु भएको बताइएको छ । करेन्ट लागेर घाईते भएका यादव लाई प्रादेशिक अस्पताल गौरमा लगीएको भएतापनि अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरी उपरीक्षक उमाशंकर यादवले बताए।