प्राइम खबर संबाददाता | चैत २, २०७९ बिहिबार

पोखरा महानगरपालिका १८ भकुन्डेमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । बिहीबार तुल्सीकुञ्ज कालिज फर्ममा पसेर चितुवाले श्रीकृष्ण मल्ल ठकुरीलाई आक्रमण गरी घाइते बनाएको हो । चितुवा फर्मबाट फर्कने क्रममा स्थानीय राजेश तिमिल्सिनालाई पनि आक्रमण गरेको थियो । प्रहरीका अनुसार उनीहरुको अनुहार र आँखामा कोतारिएको छ । ठकुरीको स्थानीय मेडिकलमा उपचार गरिएको छ भने तिमिल्सिनाको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चितुवाको आक्रमणबाट दुई वटा कालिज समेत मरेका छन् । चितुवा भने फर्म नजिकै झाडीमा मृत अवस्थामा फेला परेको र बन कार्यालयलाई बुझाइएको प्रहरीले बताएको छ ।