प्राइम खबर संबाददाता | चैत ५, २०७९ आइतबार

रौतहट !  चन्द्रनिगाहपुर स्थित जनज्योति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा जनज्योति बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका संगम श्रेष्ठ विजयी भएका हुन्। 



कुल २ हजार १५ मतदाता रहेको सो क्याम्पसमा १ हजार ३ सय ६ मत खसेको थियो। निर्वाचनको प्रारम्भिक मतगणना अनुसार नै सभापति पदमा नेपाल विद्यार्थी संघका श्रेष्ठ विजयी भएका हुन्।

हालसम्मको गणनामा प्रत्यक्ष तर्फ प्यानल मत ८ सय ३७ मत प्राप्त भएपछि उनी लगायत सम्पूर्ण उम्मेदवार विजयी उन्मुख बनेका हुन् । जारी क्रशमत गणनामा समेत उनको मत संख्या अझ बढ्ने विद्यार्थी नेता भीमराज अधिकारीले बताए । यद्यपि  सोही क्याम्पसमा भएको मतगणना स्थलमा   मतगणना जारी रहेको र निर्वाचन परिणामको औपचारिक घोषणा गर्न भने बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।