प्राइम खबर संबाददाता | बैशाख १६, २०८० शनिबार

रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीले परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार चन्द्रनिगाहपुर स्थित होटल आरोहीमा सम्पन्न परिचयात्मक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित सयौको संख्यामा सहभागी भएका हुन । रास्वपाका सदस्य भएका, सदस्यता लिने तयारीमा रहेका र समर्थन गर्नुहुने चन्द्रपुरमा रहनु भएकाहरु संग एक अर्कामा परिचय गर्ने उदेश्यले शनिबार दिउसो  "परीचयात्मक भेटघाट" को एक अनौपचारिक कार्यक्रमको आयोजना गरिएको रास्वपा सदस्य उदय नारायण सापकोटाले बताए । 



पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको आकर्षण युवा पुस्ता माझ मात्र नभई परिपक्व एबम् जेष्ठ नागरिकहरुको समेत मनमा राम्रो छाप छोड्न सफल भएपछि पार्टी प्रतिको आकर्षण ह्वात्तै बढेको छ । चन्द्रपुरमा पहिलो पटक अनौपचारिक कार्यक्रमको आयोजना गर्दा सबै क्षेत्रका सुभेक्छुकहरुको बाक्लो उपस्थितिले रास्वपाले चन्द्रपुरमा सशक्त रुपमा संगठन बिस्तारमा रहेको बुझिएको छ। 

कार्यक्रममा उपस्थित भएका अधिकांसले पुराना पार्टीको गलत परिपाटी र प्रवृत्तिको कारण आजित भएर विकल्प आवश्यकता महसुस गरेर रास्वपासँग आबद्ध भएको बताए । सो पार्टीको नीति नियम र विधान बाट आफू प्रभावित भई ' जान्ने लाई छान्ने ' भन्ने मूल नाराका कारण समेत प्रभावित भएको रास्वपा नेता सापकोटाले बताए। कार्यक्रमममा रास्वपाका मधेश प्रदेश सदस्य नवीन प्रसाद चौरसिया लगायतको उपस्थिति रहेको थियो।