प्राइम खबर संबाददाता | भदौ १५, २०८० शुक्रबार

 रौतहटको गौरमा एनिमल हॉस्पिटल एन्ड रिसर्च सेन्टर सञ्चालनमा आएको छ । निजी क्षेत्रले पशु सम्वन्धी उपचार, रिसर्च गर्ने उदेश्यले रिसर्च सेन्टरको सञ्चालनमा ल्याइएको हो ।
उक्त एनिमल हॉस्पिटल एन्ड रिसर्च सेन्टरको गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले शुक्रबार उदघाटन गरेका हुन । उद्घाटनका क्रममा नग। प्रमुख साहले पशु सम्वन्धी अनुसन्धान र उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।
रिसर्च सेन्टरबाट पशु सम्वन्धी विभिन्न रोगको उपचार ,औषधि तथा रोग एवं भाइरसको अनुसन्धान गरिने डाक्टर सुभाष सिंहले बताएका छन । प्रदेश मै यस्तो सेन्टर पहिलो रहेको बताउँदै डाक्टर सिंहले कुनै किसिमको प्रकोप ,रोगको बारेमा जानकारी लिने ,उपचार गर्ने बताए । संक्रमणबाट मरेका पशुको शव परिक्षण पनि गरिने व्यवस्था रहेको संचालकले जनाएको छ । भेटेनरी डाक्टर द्वारा हुने सो पशु अस्पतालमा हुने उपचारहरु अन्र्तगत कुकुर ,विरालोको बंध्याकरण ,माइनर र मेजर सर्जरी , गाई ,भैसी र बाख्राको गर्भ परिक्षण  लगायत पशुलाइ खुवाउने दाना निर्माण तथा पशु फार्म सम्वन्धी सल्लाह सुझाव ्तथा परामर्श सेवा समेत प्रदान गर्ने डाक्टर सिंहले बताए ।