सुष्मा गौतम | भदौ १७, २०८० आइतबार

रौतहट चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीको आईतबार एक कार्यक्रमका बीच नगरपालिकाले विदाइ गरेको छ । पालिकाको प्रशासनिक क्षेत्रमा दोश्रो कार्यकाल सम्म काम गर्दा सकृयता र ईमानदार पुर्वक काम गरेको भन्दै नगरपालिकाले प्रशंसापत्र र मायाको चिनोसहित सम्मान गरी विदाई गरेको छ ।


जस्तै अप्ठ्यारो परिस्थितिमा पनि हतोत्साहित नभइ समग्र नगरपालिकाको प्रशासनिक क्षेत्रमा तिवारीले काम गरेको भन्दै दशवटै वडाका जनप्रतिनिधि, कर्मचारीहरुले तिवारीलाई मायाको चिनो प्रदान गरेका थिए । नगरपालिकामा रहेका विभिन्न शाखा कार्यालयले खादा र चिनो प्रदान गरी तिवारीलाई विदाई गरेका थिए ।



सो अवसरमा विदाई तथा शुभकामना व्यक्त गर्दै नगरपालिकाका इन्जिनियर महेश बोहरा , शिक्षा अधिकृत दीपेन्द्र मण्डल, स्वास्थ्य अधिकृत राजेश ठाकुर , सामाजिक विकास शाखा अधिकृत मिश्रीलाल साह लगायत  जनप्रतिनिधिको तर्फबाट चन्द्रपुर वडा नम्बर २ जुडिबेलाका वडाध्यक्ष दूतबहादुर थिङ बुद्धले जनताको कामकाजमा निरन्तर खटेर विवाद रहित कार्यालय प्रमुखको रूपमा छवि बनाउँदै नगरको विकाशमा अतुलनीय सहयोग गरेको भन्दै प्रशंसा गरे ।



विदाई कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले छोटो समयको बसाइमा आफूले नगरपालिकावासीको सदस्यको रुपमा काम गरेको स्मरण गर्दै उनले नगरपालिकाले दिएको स्नेह, माया ममतालाई आत्मसाथ गर्दै आगामी दिनमा सदा साथ र सहयोगको अपेक्षा रहेको बताए ।

त्यस्तै नगरपालिका प्रमुख सञ्जय कुमार काफ्लेले मेहेनती, इमान्दार र क्षमतावान कर्मचारीको रुपमा तिवारीलाई पाएको भन्दै खुशि ब्यक्त गरेका छन् । उनले नगरपालिकासँगको सम्बन्ध र सहकार्यको लागि आगामी दिनमा साथको समेत अपेक्षा गरेको बताए । सोही अवसरमा नगरपालिका उपप्रमुख जयमाला कुमारी चौधरीले  कर्मचारी परिचालन, जनप्रतिनिधि र कर्मचारीको सुमधुर सम्बन्ध कायम राख्न सक्नु भएको भन्दै  प्रशंसा गरेकि थिईन ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिकदलका प्रतिनिधि, कर्मचारी लगायतको उपस्थीतिमा सम्पन्न भएको थियो । चन्द्रपुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा हरिलाल पुरी हाजिर हुने भएका छन् ।