प्राइम खबर संबाददाता | भदौ २९, २०८० शुक्रबार

रौतहट ।  नेपाली काँग्रेसका युवा नेता एवम्  मधेस प्रदेश सदस्य रबिनचन्द्र कोइरालाको निजि निवास चन्द्रपुर नगरपालिका -५, रौतहटमा हरितालिका तिज-२०८० को अवसरमा आयोजना गरिएको तिज विशेष शुभकामना एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 
 "कला संस्कृति र परम्परालाई जगेर्ना गर्दै हरीतालिका तिज मनाऔं, हिंसा रहित सकारात्मक सोच सहितको समाज निर्माण गरौं"  भन्ने हेतुले हामिले सामाजिक सद्भाव र संस्कृतिको रक्षाका लागि चन्द्रपुर ५ स्थित आफ्नो निजि निवासमा तिज विशेष कार्यक्रम गरिऐको नेता कोइरालाले वताए । 
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका महिला नेतृहरु, समाजसेवी, सहकारीकर्मी, पत्रकार, युवाहरु लगायतका सयौं जनाको  उपस्थिति रहेको नेपाली काँग्रेसका चन्द्रपुर ५ का वडा सभापति कल्याण कार्किले जानकारी दिए ।
कार्यक्रममा उपस्थिति भएका प्राय सवैले शुभकामना साटासाट गर्दै नेता कोइराला  सवैजनालाई भेटघाट गर्ने, तिज मनाउने अवसर जुराएर सामाजिक सद्भावको सन्देश दिन पहल गर्नु भएको  धन्यवाद दिदै प्रशंसा गरिरहेका वडा सभापति कार्किले बताए