न्यूज डेस्क | फागुन २३, २०८० बुधबार

मोरङमा सोमबार झुण्डिएको अवस्थामा मृत फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको सुसाइड नोट पनि फेला परेको छ ।

धनपालथान गाउँपालिका–३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभाग मोरङको गुल्मपति रहेका बस्याल आफ्नै क्वार्टरको किचेनस्थित सिलिङ फ्यानमा प्लास्टिकको डोरी लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए ।



पाल्पा स्थायी घर भएका ३८ वर्षीय बस्यालले सुसाइड नोटमा राजीखुसीले निर्णय लिएको र कसैलाई दोष नलगाउन उल्लेख गरेको प्रहरी स्रोतले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइने तयारी गरेको जानकारी दिए ।