न्यूज डेस्क | फागुन २३, २०८० बुधबार

बारा। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित अमलेखगञ्ज तीन नम्बर पुलमा भएको दुर्घटनामा १७ जना घाइते भएका छन् ।

आज साँझपख भएको दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइपुर्याँइएको छ । दुर्घटनामा २ बालबालिका, १२ जना महिला र ३ पुरुष घाइते भएको खुलेको छ।



उनीहरूको परिचय खुलिसकेको छैन् ।   अमलेखगञ्ज तीन नम्बर पुलबाट ना ६ ख ९०३० नम्बरको बस खोलामा खसेको थियो । दुर्घटनाको कारण खुलिसकेको छैन् । उक्त बस धनगढीबाट विराटनगर जाँदै थियो ।