न्यूज डेस्क | फागुन २६, २०८० शनिबार

पालिका कप २०८० टि–२० क्रिकेट टुgfd]G6 उदघाटन म्याचमा चन्द्रपुरलाई ३५ रनले हराउदै दुर्गा भगवती गाउँपालिका विजयी भएका] छ ।
टस हारेर पहिलो ब्याटिंग गरेका दुर्गा भगवती गाउँपालिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १२९ रन बनाएका थिए । दुर्गा भगवतीका लागि जगरनाथ दासले ३८ बलमा ४ चौका र तिन छक्काको मद्दतबाट ४६ रन बनाएको थियो भने सुरज मिश्रले १७ बलमा दुई चौका र १ छक्काको मद्दतबाट २१ रन, सन्दीप साह १७ रन, राजिव झा १५ बनाएर चन्द्रपुरलाई जित्नका लागि १३० रनको लक्ष्य दिएको थियो ।
दुर्गा भगवतीले दिएको रन टार्गेटलाई पुरा गर्न चन्द्रपुर प्रतिउत्तरमा मैदानमा ओर्लिदा खासै राम्रो प्रदर्शन गर्न सकेन अन्ततः rGb|k'/n] ३५ रनले हार बेहोर्नु परेको छ । चन्द्रपुरका लागि सर्वाधिक दानिश अहमदले ३६ बलमा ३० रन बनाए भने मुस्ताक मल्लिकले १७ र सुशान्त थापाले १३ रन बनाए भने अन्य कुनैपनि खेलाडी दोहोरो अंकमा प्रवेश गर्न नसक्दा ९५ रनमा अलआउट भएपछि ३५ रनले हार बेहोर्नु परेको रौतहट क्रिकेट संघका प्रेस संयोजक प्रविण टिब्देवालले जानकारी दिए ।