न्यूज डेस्क | चैत १७, २०८० शनिबार

शनिबार अविरल वर्षासँगै आएको हावाहुरीका कारण पाल्पामा एक जनाको ज्यान गएको छ । सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड अन्तर्गत तानसेन नगरपालिका ८ जरेपिपल नजिकै सडकमा गुडिरहेको स्कुटरमा सवार तानसेनकै २० वर्षिय भुवन सिंजालीको मृत्यु भएको हो । हावा हुरी चलेपछि सडकमा रोक्दै गर्दा रुखले च्यापेर उनी तीन जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । सल्लाको रुख पल्टेर च्याप्दा सिंजालीको घटनास्थलमै ज्यान गएको हाे । लु ८१प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ आउँदै थिए । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र एकमाेटरसाइकल पनि पल्टिएको छ ।