न्यूज डेस्क | बैशाख २०, २०८१ बिहिबार

 कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७ का ५५ वर्षीय दिलबहादुर शाही कर्णाली नदीमा बेपत्ता भएका हुन्।


नुहाउने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ।  इलाका प्रहरी कार्यालय, चिसापानीको टोलीले उनको खोजी सुरु गरेको छ। बिहीबार दिउँसो १२ बजेर ४० मिनेट तिर उनी नदीमा बेपत्ता भएका हुन्। उनी चिसापानी पुलदेखि ७ किलोमिटर उत्तर क्षेत्रको कर्णाली नदीमा बेपत्ता भएका प्रहरीले बताएको छ।