प्राइम खबर संबाददाता | मंसिर १५, २०७८ बुधबार

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका ६ लोहारपट्टी बजार बस्ने ३४ वर्षीया श्रीमती रुबी मण्डलको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
महोत्तरीका प्रहरी प्रमुख दिनेश आचर्यका अनुसार राति आफ्नै घर नजिक अज्ञात समूहहले टाउँकोसहित शरीरको विभिन्न भागमा धरीलो हतियार प्रहार गरी हत्या भएको हो। बिहानै  महिलाको हत्या भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

एसपी आचार्यका अनुसार राति ढोका लगाएर घरमा बसिरहेका बेला बाहिरबाट अपरिचित व्यक्तिले बोलाएर घरबाट केहि पर लगि धारिलो हतियार प्रहार गरी हत्या गरेको मृतकका छोराले प्रहरी समक्ष बयान दिएका छन् ।



हत्या कसले किन गरेको भन्ने विषयमा यकिन नभएको र घटना सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।