प्राइम खबर संबाददाता | मंसिर २१, २०७८ मंगलबार

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएकाछन् । पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा केही समय अघि मात्रै बिहे गरेका नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ । मृत्यु हुने नब बिबाहित जोडी  २४ वर्षीय प्रेम सुनार र २० वर्षीय मनीषा बिक रहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ ।  घाइते भएका अन्य ६ जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।



जिप ग्रामीण कच्ची सडकमा दुर्घटना भएको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी श्रोतले बताएको छ ।