प्राइम खबर संबाददाता | पुस १३, २०७८ मंगलबार

रौतहटमा भारतीय नम्बरको सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौर चन्द्रनिगाहपुर सडक खण्डको गरुडा नपा १ स्थित जयनगरमा तिब्र गतिको स्कारपियो पोलमा ठोकिएर दुर्घटना भएको  प्रहरीले जनाएको छ ।

जन्ती लिएर फर्किँदै गरेको उक्त जिप अनियन्त्रित हुँदा दुर्घटनामा परेको बताइएको छ । बि आर ०५ पिए ६९५३ नम्बरको भारतीय जिपमा ८ जना सवार रहेको बताइएको छ। दुर्घटनामा ५ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भन्डारीले बताएका छन् ।

घाइते अन्यको उपचारका लागि बिरगंज लगिएको प्रहरीले जनाएको छ ।घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।