प्राइम खबर संबाददाता | पुस १८, २०७८ आइतबार

पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा ७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका-२, कुभिण्डे स्थायी घर भई हाल बुटवल रानीगञ्ज बस्दै आएका ७० वर्षीय वीरबहादुर विश्वकर्माको निधनपछि ३५ जना मलामी सवार बस दुर्घटनामा परेको हो । 



आइतबार बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवामा दुर्घटनाग्रस्त भएको थियो ।