प्राइम खबर संबाददाता | पुस २२, २०७८ बिहिबार

 प्रदेश नम्बर २ का राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार ज १ झ ४०६ नम्बरको गाडी बुधबार साँझ अचानक अनियन्त्रित भई सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका वडा नम्बर ६ स्थित विष्णुपुर चोकमा दुर्घटना भएको हो।

दुर्घटनामा परेर गाडी चालक  २५ वर्षीय विवेक मण्डल,  ४० वर्षीय जयप्रकाश चौधरी,  ४५ वर्षीय प्रथमलाल राम,  ३० वर्षीय ध्रुव मण्डल र राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साह घाइते भएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । घाइतेहरुको अवस्थामा समान्य रहेको  सप्तरी प्रहरीले जनाएको छ ।