प्राइम खबर संबाददाता | पुस ३०, २०७८ शुक्रबार

file photo

रुपन्देहीमा  टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।



जिल्लाको देवदह नगरपालिका–६ गिद्दभिरस्थित सडकमा लु २ ख ५९५० नम्बरको टिपर  बिहिबार दुर्घटना हुँदा टिपर चालक नवलपरासी सुनवल नगरपालिका–१० हसनापुर बस्ने ५० वर्षीय रामु कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।

 टिपर अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेको रुपन्देही प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा  थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।