प्राइम खबर संबाददाता | माघ ६, २०७८ बिहिबार

पाल्पामा एक पुरुषले आत्मदाह गरेर देह त्याग गरेका छन् । जिल्लाको माथागढी गाउँपालिका वडा नं. ३, सराईका ताल बहादुर कामीले आफ्नै शरीरमा मट्टितेल खन्याई आत्मदाह गरेका हुन् । ५६ वर्षीय ताल बहादुर कामीले मादक पदार्थ सेवन गरि शरीरमा आगो लगाउँदा उनले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए । 

ताल बहादुरको घाँटीभन्दा तलको भाग जल्न गई मृत्यु भएको हो । उनको पाल्पाको युनाईटेड मिशन अस्पतालमा उपचारकै क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माघे सङक्रान्तिको दिन राती २२ः३० बजे उनले आफ्नै शरीरमा आगो लगाएका थिए । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।