प्राइम खबर संबाददाता | जेठ ७, २०७९ शनिबार

डोटीमा बस दुर्घटना हुदा १२ जना घाइते भएका छन् । कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानिमा दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता भोला कुमार भट्टका अनुसार शनिबार बिहान सवाँ ५ बजेतिर भएको बस दुर्घटनामा परि बस सहचालक घम्भिर घाईते भएका छन् भने ३ जना मध्येम र बाकी ८ जना सामान्य घाइते भएका छन् । घाइतेको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।



बसमा २०/२२ जना सवार थिए । सोही बसमा सवार १८ महिनाको बच्चा हराइरहेको र उनको खोजिकार्य भईरहेको प्रवक्ता भट्टले बताएका छन् । सामान्य मोडमा गाडी दुर्घटना भएको हुँदा तिब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।ब

स चालक फरार छन् । बस सडकबाट ७०/८० मिटर तल सेति नदिमा खसेको छ ।