प्राइम खबर संबाददाता | साउन ८, २०७९ आइतबार

पाल्पाको लघुमा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु, १६ जना घाइते भएका छन् ।
 जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा छ जना यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा आइतबार बेलुकी ५ बजेतिर सो यात्रु बाहक बस दुर्घटना भएको हो । 

दुर्घटनामा परी १६ जना यात्रु घाइते भएको रिब्दीकोट गाउँपालिका–२, का वडा अध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिएका छन् । 



मृतक तथा घाइतेको उद्दार कार्य भइरहेको उनले बताए । गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित ढिकबाट तल खसेको स्थानीय प्रत्यक्षदर्शी बासिन्दाले बताएका छन् ।