प्राइम खबर संबाददाता | साउन ९, २०७९ सोमबार

रौतहटमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको वृन्दावन नगरपालिका–६ को शेख मनिरका ८ वर्षीय छोरा शेख जबि उल्ला रहेका छन्। उनको घर नजिक रहेको नहरमा डुबेर आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।  घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।