प्राइम खबर संबाददाता | साउन १७, २०७९ मंगलबार

तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको हो । आज बिहान भण्डारीलाई उनको आफ्नै छोरा २४ वर्षीय टङ्क भण्डारीले धान कुट्ने मुस्ली टाउकामा प्रहार गरेका थिए । 
घाइते भएका भण्डारीलाई छिमेकी र शुक्रबारे चौकीबाट खटिएको प्रहरी टोलीले उपचारका लागि छथर अस्पताल पु¥याएका थिए । तर भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । बाबुलाई मुस्ली प्रहार गरी फरार रहेका छोराको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण  छोराले बाबुमाथि आक्रमण गरेको प्रहरीको स्रोतको भनाइ रहेको छ ।