प्राइम खबर संबाददाता | साउन ३१, २०७९ मंगलबार

रौतहटमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित तल्लो बजारमा जीवन रानामगरका ३ वर्षीय छोरा डेनिस रानामगरको मृत्यु भएको हो । मंगलबार बिहान स्कुल जाँदै गरेका बालकलाई गौरबाट वीरगंजतर्फ जाँदै गरेको ना ४ ख ६११२ नम्बरको बसले ठक्कर दिएपछि उपचारका लागी वीरगंजस्थित स्थित बयोधा अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरीले जनाएको छ । 
  विद्यालयमा अभिभावकसँगै जाँदै गरेका बालकलाई बिहान करिब साढे ९ बजेको समयमा बसले ठक्कर दिएको थियो । ठक्कर लागेर बालकको टाउको, निधार, दुवै हात खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको थियो । उक्त ठक्कर दिने बसका चालक राजेश साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरबिन्द साहले बताए ।