प्राइम खबर संबाददाता | पुस ११, २०७८ आइतबार

शनिबार नेपाली कांग्रेस चन्द्रपुर रौतहटको वडा नं ६ को वडा अधिवेशन बाट निर्वाचित वडा कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा  बसेको बैठक वडा सभापति नेत्र बहादुर कुष्वरको सभापतित्वमा सम्पन्न भएको सचिब प्रल्हाद मैनालीले बताएका छन् । 

बैठकमा सभापति कुश्वरले सबैलाई धन्यवाद दिदै स्थानिय  निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो शक्ति बनाउन  वडामा गतिशील कांग्रेस निर्माणका सबैले पहलकदमी लिन आबश्यक रहेको बताए ।  कार्यक्रममा वडामा र आफ्नो पार्टीले  जनपक्षिय कार्यहरू गर्दै गएको भएता पनि प्रचार भने कम्युनिष्टले आफुले गरेको भन्ने गलत कुप्रचार गरी जनता भड्काउन लागेको हुदा त्उसतर्फ सबैको ध्यान पुग्न जरुरी रहेको र कागे्रशले त्यसको प्रतिबाद गरेको  नेता नरेश लामिछानेले बताए ।   भावी योजना एबम् नयाँ कार्यदिशामा कांग्रेसलाई रूपान्तरित गर्न विशेष योजना सहित  संगठन निर्माण भएको र बलियो टीम निर्माण भए संगै वडमा गलत प्रचार गर्ने माओबादीको पराजित मानसिकताको उपज भएको युवा नेता श्यामहरी चौलागाईको भनाई रहेको छ ।

 

  १० वटा वडा रहेको चन्द्रपुरमा वडा अधिवेशन पश्चात निर्वाचित पदाधिकारीको बैठक गर्ने ६ नम्बर वडा पहिलो वडा भएको छ । कांग्रेस वडा समितिले पूर्ण समिती निर्माण गरी नँया सदस्यहरु थप गर्ने बताएको छ । बैठकमा  काग्रेश नेता अजयकुमार साह, नरेश लामिछाने, श्यामहरी चौलागाई, भगबान दर्लामी, रामलाल ठोकर, कर्ण लामा, अम्बिका बस्नेत लगायतले आ आफ्नो मन्तब्य प्रस्तुत गरेका थिए ।  सन्तोष काफ्लेद्धारा संचालन गरेको कार्यक्रममा  वडाका क्रियाशील सदस्यहरू समेत सहभागी भएका थिए ।